लक्ष्मी बैंकले गर्‍यो आफ्नो नयाँ शाखाको विस्तार

काठमाडौँ– लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा विस्तार गर्ने क्रममा परासीको भूमही र जिमिरेभारमा १०७ र १०८ औँ शाखा संचालनमा ल्याएको छ।

बैंकले ग्राहकहरुको वित्तिय आवश्यकता पूरागर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले संचालनमा ल्याएको हो।

बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको लिएको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ।

शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकले लिएको छ।

लक्ष्मी बैंकले ४८ जिल्लामा १ सय ८ शाखा, दुई एक्सेन्शन काउन्टर र चार हस्पिटल सेवा काउन्टर, एक सय ३० एटिएम र २ हजार ५ सय भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्