
नेपालको त्यो पहिलो जीत पूर्व राष्ट्रिय गोलकिपर बरालको संझनामा
५६ वर्ष अघि नेपालको पहिलो राष्ट्रिय फुटबल टोलीले बंगलादेशमा सम्पन्न आगा खाँ गोल्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो। अघिल्लो दुइ खेलमा हार ब्यहोरेको नेपाललाई साख जोगाउनका लागि अन्तिम खेलमा जित हात पार्नुपर्ने दबाव थियो। त्यही दबाव टोलीमा २२ वर्षिय कान्छो सदस्यका रुपमा रहेका गोलरकिपर विष्णु बराललाई रहेको थियो।