बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो
+
-

धनगढी– बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। पाँच जना घाइते भएका छन्।

सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना भएको थियो।

दुर्घटनामा मष्टा गाउँपालिका १ का कलक बहादुर खड्का, उनकी श्रीमती जुनधारा खडका, छोरा सरोज खडका, सोही ठाउँका नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मि द्वालको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। अर्कोको एक जनाको पनि घटनास्थलमै मृत्यु भएको भए पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्य बहादुर केसीले बताए।

डिएसपी केसीका अनुसार सोही ठाउँका संगिता खडका, अनिता द्वाल, जनक द्वाल, गोकुल शाही लगायत पाँच जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएकालाई हेलिकोप्टर मार्फत उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याएको तर घाईतेहरु अवस्था गम्भिर भएकाले नेपालगंज रिफर गरेको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए। जीप सडक भन्दा झण्डै ५ सय मिटर तल खसेको थियो।

जीपमा सिमेन्ट, चामल तथा क्षमता भन्दा बढी यात्रु बोक्दा एवं विना डिजाइनमा काटिएका ग्रामिण सडकका कारण पनि जीप दुर्घटना हुने क्रम बढेको छ। यस वर्ष मात्र ग्रामिण सडकमा जीप दुर्घटना हुँदा झण्डै ३५ जनाले ज्यान गुमाई सकेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?