दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना

दाङ– देउखुरीको विकट गाउँपालिका राजपुरमा पशु विज्ञान शिक्षालयको स्थापना भएकाे छ।

परम्परागत रुपमा पशुपालन हुँदै आएको गाउँमा पशु विज्ञान शिक्षालय स्थापना भएपछि स्थानीयहरु खुशी भएका छन्। ‘यहाँ भैंसी पालन मुख्य पेशा हो। तर, प्राविधिक ज्ञान सीप नहुँदा भैंसी पाले पनि राम्राे आम्दानी  लिन नसक्ने अवस्था छ’, स्थानीय अगुवा विन्तिराम यादवले भने।

सरकारको एक गाउँपालिका एक प्राविधिक शिक्षालयको अवधारणा अनुसार राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित साधारण माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यवसायीक शिक्षा  अन्तर्गत कक्षा ९ देखी १२ सम्म पशु विज्ञान विषयको अध्ययन हुने प्राविधिक शिक्षालय स्थापना गरिएकाे हाे।

दाङमा यस वर्ष साधारण माध्यमिक विद्यालयसहित ११ विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षाको अध्ययन शुरु भएको छ।

असार २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्