गुठी विधेयक स्थगन गर्ने भूमिसुधारमन्त्रीको तयारी

काठमाडौँ- स्थानीय जनसमुदाय र प्रतिपक्षीको विरोधका कारण गुठी विधेयकमा हच्किएको सरकारले यसलाई फिर्ता लिने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्ने तयारी गरे पनि प्रतिपक्षीको विरोधका कारण सम्भव नभएपछि पाँच बजे पत्रकार सम्मेलन बोलाएका छन्। त्यसअघि नै साढे चार बजे भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन बोलाएकी छन्।

पत्रकार सम्मेलनमार्फत गुठी विधेयक स्थगन गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

असार ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू