सांसदलाई पैसामा अल्मल्याएर विकास एजेण्ड बनाउने काम भयो: सीपी मैनाली

दाङ– नेकपा (माले) का महासचिव सीपी मैनालीले केपी ओली नेतृत्वको सरकार जनविरोधी भएको आरोप लगाएका छन्।

लमहीमा प्रदेश– ५ को संगठन कमिटीको बैठकलाई सम्बोधन गर्न दाङ आएका उनले पत्रकारसँगको कुराकानीको क्रममा वर्तमान सरकार कम्युनिष्ट नामकाे जनविरोधि सरकार भएको ओरोप लगाए।

‘डबल अध्यक्ष रहेको नेकपा कम्युनिष्ट नामधारी पार्टी हो, वास्तवमा यो कम्युनिष्ट पार्टी होइन।’, उनले भने, ‘वर्तमान सरकारले जनताको पक्षमा काम गर्न सकेन। विदेशी सामु लम्पसार परेको छ।’

उनले केपी ओली शक्ति केन्द्रिकरणमा लागेको आराेप लगाए। वर्तमान सरकारले ठूला आश्वासन मात्रै बाड्ने काम गरेका भन्दै माले महासचिव मैनालीले  सरकारले जनताको काम गर्न नसकेको बताए।

उनले सरकारले ल्याएको बजेट वितरणमूखि भएको भन्दै सांसदलाई ६ करोड दिने निर्णयले संसदीय व्यवस्थाको खिल्ली उडाएको बताए। ‘सांसदलाई विकासे कार्यकर्ता बनाएर संघीयतालाई कमजोर बनाउने काममा सरकार आफै लाग्यो’, उनले भने,‘सांसदलाई पैसामा अल्मल्याएर विकास एजेण्ड बनाउने काम भयो।’

असार ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्