६ रन बनाउँदा अलआउट, ४ बलमा भेट्टायाे लक्ष्य

एक दिवसीय विश्वकप क्रिकेट जारी रहेकाले विश्वभरका क्रिकेट प्रेमीहरुको ध्यान त्यतै छ । विश्वकप क्रिकेट अन्तर्गत मंगलबार राति सकिएको खेलमा इंग्ल्याण्डका इयान मोर्गनले १७ छक्का प्रहार गरेर कीर्तिमान बनाए ।

तर महिला क्रिकेटको एक प्रतिस्पर्धामा ६ रन बनाउँदा टिम अल आउट भएको छ । रुवाण्डामा जारी टी–ट्वेन्टी महिला क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा मालीको महिला क्रिकेट टिम मात्रै ६ रन बनाउँदा बोल्ड आउट भएको हो ।

सात रनको लक्ष्य रुवाण्डाको महिला टिमले मात्रै चार बलमा भेट्टायो ।

महिला क्रिकेटको टी–ट्वेन्टी प्रतिस्पर्धामा यसअघि कम रन बनाएर आउट भएको कीर्तिमान चीनको टिमसँग थियो । उसले गएको जनवरीमा संयुक्त अरब इमिरेट्स (युएई) सँगको खेलमा १४ रन बनाएको थियो । चीनले त्यो बेला २०४ रनको लक्ष्उ पछ्याएको थियो ।

मंगलबारको खेलमा मालीको टिमले ९ ओभरमा मात्रै ६ रन बनाएको हो ।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्