चार देशका लागि प्रस्तावित राजदूत विरुद्ध उजुरी दिन १० दिनको समय

फाइल तस्बिर

काठमाडौँ – सरकारले चार देशका लागि राजदूत नियुक्त गर्न भन्दै सिफारिस गरेका व्यक्तिबारेको सुनुवाई प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनवाई विशेष समितिको बुधबार बिहान बसेको बैठकले राजदूत प्रस्तावित चारजना विरुद्ध कुनै उजुरी गर्न १० दिनको समय दिने निर्णय गरेको नेकपाका सांसद योगेश भट्टराईले जानकारी दिएका छन् ।

गएको जेठ २३ गते बसेको मन्त्रीपरिषद बैठकले बंगलादेशका लागि डा. वंशिधर मिश्र, कतारका लागि डा. नारदनाथ भारद्वाज, अस्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पाको नाम सिफारिस  गर्ने निर्णय गरेकाे थियो ।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्