गुठी विधेयक फिर्ता भयो, तर आन्दोलन रोकिएन

काठमाडौँ – चौतर्फी आलोचनापछि सरकारले गुठी सम्बन्धी विधेयक फिर्ता लिएको छ । तर गुडीयार तथा उनीहरुको आन्दोलनमा साथ दिएकाहरुले आन्दोलन जारी राखेका छन् ।

गुठी र यससँग जोडिएका संस्कार एवम् संस्कृतिको जगेर्ना हुनु पर्ने माग गरेकाहरुले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुश निकालेका छन् । विभिन्न ठाउँबाट निस्केका जुलुश माइतीघर मण्डलामा पुग्दै छन् । त्यहाँ एकीकृत प्रदर्शन हुँदैछ ।

विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भूमिसुधार मन्त्री पद्मा अर्यालले मंगलबार गुठी विधेयक फिर्ता लिएकी थिइन् । आन्दोलनकारीले भने विधेयक फिर्ता मात्रै नभएर खारेज नै गर्नु पर्ने माग गरेका छन् ।

आन्दोलनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू