मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी आज (बुधबार) ४९ वर्षका भएका छन् । उनको जन्मदिनका अवसरमा देशभरका समर्थकहरुले उत्सव मनाउँदै शुभकामना तथा बधाई दिइरहेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कांग्रेस अध्यक्ष गान्धीलाई जन्मदिनको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत उनले राहुलको सुस्वासथ्यको कामना पनि गरेका छन् ।

मोदीले लेखेका छन्, ‘राहुल गान्धीलाई उनको जन्मदिनका अवसरमा हार्दिक शुभकामना, उनको सुस्वास्थ्य र दीर्घायूको कामना ।’

कांग्रेस पार्टीले अध्यक्ष राहुलको जन्मदिनका अवसरमा उनका पाँच उत्कृष्ट भाषणलाई ट्वीटरमा पोष्ट गरेर शुभकामना दिएको छ।

राहुल गान्धीको जन्म १९ जुन १९७० मा भएको थियो । उनी २००४ मा अमेठीबाट सांसद बनेका थिए ।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्