फोटो फिचर

गुठी विधेयक फिर्ता होइन खारेज! माइतीघरमा उर्लियो जनसागर

काठमाडौँ – गुठी सम्बन्धी विधेयक सरकारले फिर्ता लिए पनि आन्दोलन रोकिएको छैन । राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिको आह्वानमा बुधबार मध्यान्न काठमाडौँको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट र्‍यालीसहित जम्मा भएका आन्दोलनकारीले माइतीघरमा एकीकृत प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भूमिसुधार मन्त्री पद्मा अर्यालले मंगलबार गुठी विधेयक फिर्ता लिएकी थिइन् ।

विज्ञापन

आन्दोलनकारीले भने विधेयक फिर्ता मात्रै नभएर खारेज नै गर्नु पर्ने माग गरेका छन् । आन्दोलनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।