एएफसी कपमा चार खेलमा जितविहिन मनाङ मर्स्याङ्दी आज बंगलादेशको अबहानीसँग भिड्दै

सहिद स्मारक ए डिभिजन लिगको खेलमा गोल गरेपछि उत्साही मनाङका खेलाडी। (फाइल तस्बिर)

काठमाडौं- एसियन फुटबल कन्फेडेरेसन-एएफसी कपअन्तर्गत पहिलो चरणको आफ्नो पाँचौँ खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधबार साँझ बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दै छ।

बंगलादेशमा हुने यो खेलमा जिते हात पारेपनि मनाङ दोस्रो चरण पुग्ने सम्भवना लगभग समाप्त भईसकेको छ। समूह ‘इ’मा रहेको मनाङ चार खेलबाट दुई अंक जोडेर चौथो तथा अन्तिम स्थानमा छ। शीर्षस्थानमा रहेको चेन्नइनको पाँच खेलबाट ८ अंक छ। पाँच खेल खेलेको आई लिग च्याम्पियन मिनर्भाले अघिल्ला चारवटै खेलमा पनि बराबरीको नतिजा निकालेको थियो।

दोस्रो स्थानको अबहानीको चार खेलबाट सात अंक छ। होम एन्ड अवे आधारमा सन्चालन भइरहेको समूह चरणको प्रतिस्पर्धाअन्तर्गत शीर्ष टोली दोस्रो चरण पुग्ने छ।

सुरुका दुई खेलमा हार ब्यहोरेको मनाङले त्यसपछिका दुई खेलमा बराबरीको नतिजा निकालेको हो। मनाङ पहिलो खेलमा अबहानीसँग १-० र दोस्रो खेलमा चेन्नइनसँग २-० गोलले पराजित भएको थियो। त्यसयता उसले मिनर्भासँग २-२ र १-१ गोलको बराबरी खेलेको हो।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्