सहकारीको पुँजी उत्पादनशील क्षेत्रमा लगाउन मन्त्री आङ्बोको आग्रह

मोरङ– सहकारीमा लगानी भएको पुँजीलाई उत्पादन र उद्यमशील क्षेत्रमा लगानी गर्नुपर्नेमा प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जोड दिएका छन्।

विराटनगरमा बुधबार राष्ट्रिय सहकारी बैंक लिमिटेड प्रदेश एक कार्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री आङबोले सहकारीमा लगानी भएको रकम राष्ट्रिय पुँजी भएको बताएका थिए।

मन्त्री आङ्बोले सहकारीको पुँजी राष्ट्रिय पुँजी भएकाले त्यसलाई उत्पादन र उद्यम क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन्। मुलुकको आर्थिक क्षेत्र समेत तीन खम्बे नीतिबाट अघि बढेको बताएका मन्त्री आङ्बोले कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण, प्रदेशको पुर्वाधार निर्माण लगायतका क्षेत्रमा सहकारीको साझेदारी महत्वपूर्ण रहने बताए।

सोही क्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी बैंकलाई थप बलियो बनाउने तरलता प्रयोजनले राखिने रकम सहकारी बैंकमैं जम्मा गराउनुपर्ने बताए।

हाल सहकारी बैंकको निक्षेप २४ अर्ब रहेको छ। बैंकले आगामी ४ बर्षमा ५० अर्ब पुर्‍याउने लक्ष्य लिएको छ।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्