फूलसँगै गुठी विधेयक विरोधी आन्दोलनकारीलाई पहरा दिए प्रहरीले (फोटो फिचर)

काठमाडौँ — गुठी विधेयकको विरोधमा उत्रिएका आन्दोलनकारीमाथि पानीको फोहोरा र लाठी प्रहार गरेका प्रहरीको साथमा बुधबार भने प्रशस्त फूल देखियो।

फूलका साथ तैनाथ उनीहरुले मुस्कुराउँदै आन्दोलनकारीलाई व्यवस्थित गर्न सफल भए। तैनाथ प्रहरीलाई आन्दोलनमा सामेल गायक योगेश्वर अमात्यले फूल लगाईदिएका थिए।

विशाल जुलुसलाई प्रहरीले नियन्त्रण र आन्दोलनकारीलाई सुरक्षा दिन समेत सफल भएको छ बुधबार ।

जेठ २६ गते माइतीघरमा प्रर्दशनमा उत्रिएका आन्दोलनकारीमाथी प्रहरीले पानीका फोहोरा वर्षाउनुका साथै लाठी प्रहार गरेको थियो।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्