एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच सम्झौता

काठमाडौँ– एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंक इन्सुरेन्स सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका हुन्।

सम्झौताबाट बैंकका ग्राहकहरुले देशभरका २ सय ८४ वटा शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ।

एनआईसी एसिया बैंकले देशभर २ सय ८४ शाखा, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्