लयमा रहेको न्युजिल्यान्डको कसिलो बलिङ, खराब प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका २४१ रनमा सिमित

लन्डन : इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको खेलमा अहिले दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिडिरहेका छन्। पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ सय ४२ रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकाले ४९ ओभरमा घटाइएको खेलमा ६ विकेट गुमाएर २ सय ४१ रन जोड्यो। दक्षिण अफ्रिकाका रास्सी भान डर डुसेन एक्लैले अविजित ६७ रन जोडे। हासिम अम्लाले ५५, एडेन मक्रमले ३८ र डेभिड मिलरले ३६ रन बनाए। क्विन्टन डे कोक ५ रनमै पवेलियन फर्किए।

कप्तान फाप डेल प्लेसिसले २३ रन बनाए। न्युजिल्यान्डका बलर लक्की फर्गुसनको नाममा तीन विकेट रह्यो। ट्रेन्ट बोल्ट, मिचेल सान्टनर र ग्रान्डहोमले एक एक विकेट लिए। चार खेलबाट ७ अंक भएको न्युजिल्यान्ड तालिकाको शीर्षस्थानमा छ। दक्षिण अफ्रिकाको पाँच खेलबाट तीन अंकमात्र छ।

असार ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्