कर्णालीमा बेपत्ताको खोजी : चिसो पानी र तिव्र बहाबसँग गोताखोरको संघर्ष

कर्णालीमा बेपत्ताको खोजी : चिसो पानी र तिव्र बहाबसँग गोताखोरको संघर्ष

हुम्लाको खार्पुनाथ गाउँपालिकामा मंगलबार दिउँसो सडकबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको १० यात्रु बोकेको जिप अझै भेटिएको छैन। बुधबार बिहान शसस्त्र प्रहरी बलको कुरिनटारस्थित गोताखोरको टोली घटनास्थल पुगेपनि न यात्रु भेटिएको छ न त जिप नै।