नृत्यका पारखीहरुको लागि ‘नेपाल नृत्योत्सव’ हुँदै

??????????????????????????????????

काठमाडौँ – नृत्य विधाका विभिन्न गतिविधिहरुलाई एकै ठाउँमा ल्याउँदै तीन दिवसीय ‘नेपाल नृत्योत्सव’ हुने भएको छ। असार १९ देखि २१ सम्म काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना हुने यस कार्यक्रममा स्वदेशी तथा विदेशी कलाकारहरुद्वारा नृत्य सम्बन्धी प्रशिक्षण, कार्यशाला, प्रदर्शन तथा छलफल, विचार गोष्ठिहरु हुने आयोजकले जानकारी दिए। नेपाल नृत्योत्सव नृत्यका पारखीहरु लक्षित कार्यक्रम हो ।

यो कार्यक्रमलाई एस्थेटिक डान्स स्टुडियोलाई सूर्य अगरबत्ती र अनलाइन फुड फ्रेन्चाइज कम्पनी भोक लाग्यो प्रालिले संयुक्त आयोजना गर्दैछन्। नेपालमा नृत्य विधाको सिकाई (शैक्षिक पद्धति) लाई सान्दर्भिक बनाउने र अद्यावधिक गराउने मूल लक्ष्यका साथ कार्यक्रमले नेपाली लोक र परम्परागत नृत्यहरुको सैद्धान्तिक ज्ञान र अभ्यासलाई बलियो बनाउन तथा मौलिक नृत्यहरुको खोजी मार्फत विविध नेपाली संस्कृतिको जगेर्ना गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

कार्यक्रमले कलात्मक गतिविधिमार्फत साँस्कृतिक आदानप्रदानको वातावरण बनाई देशैभरिका नृत्यकर्मीहरुलाई एक ठाउँमा ल्याएर साँस्कृतिक बहसलाई निरन्तरता दिने अपेक्षा गरिएकको निदेर्शक नम्रता केसीले जनाकारी दिइन्।

कार्यक्रमको नारा “तपाईंलाई संस्कृति मन पर्छ भने हामी फेरि एकपटक भेट्नेछौ । तपाईंलाई नृत्य मन पर्छ भने हामी फेरि एकपटक भेट्नेछौँ ।” भन्ने रहेको छ।

असार ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्