एक दिवसीय विश्वकप क्रिकेट

दक्षिण अफ्रिकामाथि न्युजिल्याण्डको चार विकेटको जित

जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार राति सकिएको खेलमा न्युजिल्याण्ड विजयी भएको छ । न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको हो ।

२४२ रनको लक्ष्य न्युजिल्याण्डले ४८ ओभर तीन बलमा ६ विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि कप्तान केन विलियम्सनले १३८ बलमा ९ चौका र एक छक्काको सहयोगमा नटआउट १०६ रन बनाए ।

यस्तै कोलिन डी ग्र्याण्डहोमले ६० तथा मार्टिन गुप्टिलले ३५ रनको योगदान दिए । दक्षिण अफ्रिकाका क्रिस मोरिसले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । ४९ ओभरमा घटाइएको खेलमा दक्षिण अफ्रिकाका रास्सी भान डर डुसेन एक्लैले अविजित ६७ रन जोडे ।

हासिम अम्लाले ५५, एडेन मक्रमले ३८ र डेभिड मिलरले ३६ रन बनाए । क्विन्टन डी कक ५ रनमै पवेलियन फर्किए । कप्तान फाप डु प्लेसिसले २३ रन बनाए ।

न्युजिल्याण्डका बलर लक्की फर्गुसनको नाममा तीन विकेट रह्यो । ट्रेन्ट बोल्ट, मिचेल सान्टनर र ग्रान्डहोमले एक–एक विकेट लिए।

असार ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्