कर्णाली नदीमा बेपत्ता ११ जना अझै भेटिएनन्, पुत्ला बनाएर अन्तिम संस्कार गर्ने तयारी

आफन्त बेपत्ता भएपछि शोकमग्न आफन्त । तस्बिर : राजन रावत/हुम्ला

हुम्ला, सिमकोट – कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत सबैलाई गाउँपालिकाले जनही दश हजार दिने निर्णय गरेको छ ।

घटनाको शोकमा गाउँ कार्यपालिकाले १३ दिनसम्म कुनै पनि बैठक तथा कार्यक्रम संचालन नगर्ने भएको छ । उपाध्यक्ष हमालको झोला भेटिए पछि बुधबार दिउँसो आकस्मिक रुपमा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले १३ औँ दिन असार १५ गतेसम्म गाउँ कार्यपालिकाको बैठक तथा अन्य कुनै पनि गतिविधि संचालन नगर्ने निर्णय गरेको अध्यक्ष कर्णबहादुर रावलले बताए । उपाध्यक्ष हमालको क्रियाका लागि लाग्ने सबै खर्च तथा अन्य बेपत्ताहरुका लागि जनही दश हजार क्रिया खर्च सहयोग गर्ने निर्णय गरेको थियो ।

यस्तै असार १५ गते पालिकाका सबै विद्यालय र सरकारी कार्यालय बन्द गर्ने र सोही दिन पालिकामा शोकसभा आयोजना गरिने भएको छ । यता अहिले याङ्चु बगरबाट गोताखोरले पुनः खोजी सुरु गरेका छन् । गोताखोर टोलीले घटना स्थलको दुई किलो मिटर दूरीसम्म खोजी कार्य गर्ने जनाएको छ।

बेपत्ता भएकाहरुका आफन्तहरुले दिउँसोसम्म केही नभेटिए कासकुसको पुत्ला बनाएर दाहर्सस्कार गरिने बताएका छन् । असार ३ गते खार्पुबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका छन् ।

असार ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्