वसन्तपुरमा यसरी मनाइयाे विश्व शरणार्थी दिवस (तस्बिरहरु)

काठमाडाैँ– बिहीबार नेपालसहित संसारभर ८० औँ विश्व शरणार्थी दिवस विविध कार्यक्रम गरेर मनाइएको छ।

नेपालमा पनि राजधानीकाे वसन्तपुरमा एक कार्यक्रम गरी विश्व शरणार्थी दिवस मनाइएको छ। शरणार्थी सम्बन्ध राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) को आयोजनामा कार्यक्रम आयोजना गरिएको हाे।

सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणापत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो।

त्यसयता हरेक वर्ष शरणार्थी सम्बन्ध राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर) को अगुवाईमा दिवस मनाउने गरिएको छ। द्वन्द्व, हिंसा तथा अरु विभिन्न कारणले विश्वमा धेरै मानिसहरु आफ्नो थातथलो छोडेर जान बाध्य हुने गरेका छन्।

नेपालमा पनि अहिले झण्डै २० हजार शरणार्थी रहेको अनुमान छ।

 

असार ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्