प्रधानसेनापति थापा चीनमा भेटघाटमा व्यस्त

काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चिनियाँ समकक्षी जनरल ली जुओछेङसँग भेट गरेका छन्।

भेटमा दुई छिमेकी राष्ट्रका सैनिकबीच विद्यमान सम्बन्ध तथा सहकार्यका बारेमा छलफल भएको थियो।

चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा असार १ गते चीन प्रस्थान गरेका प्रधानसेनापति थापाको भेटघाट कार्यक्रम जारी रहेको छ।उनले शुक्रबार चिनियाँ सेनाका विभिन्न सैनिक संरचनाको निरिक्षण गर्नेछन्।

प्रधानसेनापति थापा शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

असार ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्