जाँड नखुवाई पत्रकारले समाचार लेख्दैनन् भनेको भन्दै स्वतन्त्र पत्रकारको आपत्ति

विराटनगर–  उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडेको अभिव्यक्त्ति दिएकाे भन्दै स्थानीय स्वतन्त्र पत्रकारले आपत्ती जनाएका छन्।

स्वतन्त्र पत्रकारको जिल्ला समितीले विज्ञप्ती जारी गर्दै घिमिरेको अभिव्यक्तीले पत्रकारिताको मानमर्दन भएको जनाएको छ।  विराटनगरस्थित परोपकार आधारभूत विद्यालय र सार्वजनिक माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण कार्यक्रममा घिमिरेले जेठ अन्तिम साता उक्त अभिव्यक्ती दिएको स्वतन्त्र पत्रकारको आरोप छ। उद्योग  संगठन मोरङले भने बोल्दै नबोलेको विषयमा आपत्ती जनाइएको भन्दै आश्चर्य व्यक्त गरेको छ। पत्रकारको विज्ञप्ती लगत्तै उद्योग संगठन मोरङले पनि विज्ञप्ती जारी गरेको हो।

‘यस अभिव्यक्तिको घोर भर्त्सना र निन्दा गर्दै यस भनाईप्रति उद्योग संगठन मोरङको पत्रकार र पत्रकारिताप्रतिको आधिकारिक धारणा माग गर्छौ’, स्वतन्त्र पत्रकारद्वारा जारी विज्ञप्तीमा भनिएको छ। कुन–कुन पत्रकारले कुन समयमा जाँड खुवाउन माग गरे र जाँड नखुवाए बापत कुन समाचार नलेखेको विषय खुलाउन समेत माग गरिएको छ।

असार ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्