
फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्याण्ड आआफ्नो समूहको विजेताका रुपमा अघिल्लो चरण पुगेका छन् ।
समूह चरणको अन्तिम खेल अन्तर्गत बिहीबार राति भएको खेलमा स्वीडेनलाई २-० ले हराउँदै अमेरिका समूह एफको विजेता बनेको हो ।
पहिलो खेलमा थाइल्याण्डलाई १३-० तथा दोस्रो खेलमा चिलेलाई अमेरिकाले ३-० ले पराजित गरेको थियो । अमेरिकासँग पराजित भएको स्वीडेन समूह उपविजेता बन्यो ।
यस्तै समूह ई अन्तर्गतको खेलमा क्यानडालाई २-१ ले पराजित गरेको नेदरल्याण्ड समूह विजेता बन्यो । पराजित भएको क्यानडा उपविजेताका रुपमा अघिल्लो चरण गएको छ ।
यस्तै समूह ए को नाइजेरिया र समूह ई को क्यामरुनले तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका रुपमा अन्तिम १६ मा स्थान बनाएका छन् ।