बिर्तामोड– अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो।

यसैबीच प्रदेश १ सरकारले आज (शुक्रबार) देखि झापाको बिर्तामोडमा सात दिने योग शिविर आरम्भ गरेको छ। प्रदेश सरकारको स्वस्थ्य जीवन प्रवर्द्धन अभियानमा योग शिविरको आयोजना गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए।

शिविरमा झापाका सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी भएका थिए।

मन्त्री घिमिरेले स्वस्थ्य जीवनका लागि योग अनिवार्य भएको बताउँदै शिविरमा सिकेका अभ्यासलाई निरन्तरता दिन आग्रह गरे।

समस्याग्रस्त बन्दै मानव शरीरलाई अब ख्याल नगरे थप समस्या हुने उनले बताए।

प्रदेश सरकारको यो अभियान प्रदेशका सबै जिल्ला  पुर्‍याउने उनको भनाइ छ।

असार ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्