आक्रोशित विप्लवद्वारा नेपाल बन्दको घोषणा

नेत्रबिक्रम चन्द 'विप्लव'

काठमाडौँ – आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएपछि नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले नेपाल बन्दसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख भए अनुसार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।

असार ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्