श्रीलंकाले इंग्ल्याण्डलाई दियो २३३ रनको लक्ष्य

एजेन्सी– इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियाेगिताअन्तर्गत अहिले भइरहेको लिग चरणको खेलमा श्रीलंकाले आयोजक इंग्ल्याण्डलाई २ सय ३३ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ३२ रन जोड्यो। उसका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ८५ रन बनाए। यस्तै अभिषेक फर्नान्डाेले ४९, कुशल मेन्डिजले ४६ र धनन्जय डि सिल्भाले २९ रन जोडे।  अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकालाई सस्तैमा समेट्न इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क उडले समान तीन विकेट लिए। अदिल रशिदले दुई र क्रिस वोक्सले एक विकेट हात पारे।

पाँच खेलबाट आठ अंक भएको इंग्ल्याण्ड अंकतालिकाको तेस्रो स्थानमा छ। उसले चार खेलमा जित हात पारेको छ भने पाकिस्तानसँगको खेलमा मात्र हार ब्यहोरेको थियो।

वर्षाको मारमा परेको श्रीलंकाको पाँच खेलबाट चारअंक मात्र रहेको छ। श्रीलंकाले हालसम्म एक खेलमा मात्रै जित हात पारेको छ। उसका दुई खेल वर्षाका कारण रद्द भएपछि अंक बाडेको थियो।

श्रीलंका अंक तालिकको छैठौँ स्थानमा रहेको छ। शीर्ष चार टोलीमात्र अगाडि बढ्ने भएकाले श्रीलंकालाई यो खेल जित्नुपर्ने दबाब छ। प्रतियोगितामा १० टोली सहभागी छन् भने पहिलो चरण राउन्ड रोबिन आधारमा सन्चालन हुन्छ।

असार ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्