दुई जना फरार अभियुक्त पक्राउ

साङ्केतिक तस्बिर

नेपालगञ्ज– फैसला कार्यान्वयन टोलीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला अदालत, बाँकेबाट २०७५ माघ १४ गते चार वर्ष २ महिना २१ दिनको कैद सजाय तोकिएका नेपालगञ्ज–५ का २३ वर्षीय विकास शाह र चोरी मुद्दामा अदालतले २०७५ जेठ २३ गते २ महिना एक दिन कैद सजाय तोकेका नेपालगञ्ज–१ का २२ वर्षीय राकेश काँदुलाई फैसला कार्यान्वयन टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई प्रहरीले जिल्ला अदालत बुझाएको छ। फैसला कार्यान्वयन टोलीले चालु आर्थिक वर्षमा ७८ जना फरार अभियुक्तलाई पक्राउ गरेर अदालत बुझाएको छ।

अदालतबाट कैद तथा जरिवाना पाएका धेरै अभियुक्तहरु फरार रहेपछि केही वर्षअघि बाँकेमा प्रहरी र अदालतका कर्मचारी मिलेर फैसला कार्यान्वयन टोली गठन गरिएको थियो। फैसला कार्यान्वयन टोली गठन भएपछि जिल्लामा धेरै फरार अभियुक्त अदालत आइपुगेका छन्। पछिल्लो समय अलि सुस्त रहेको टोली फेरि सक्रिय भएको छ।

असार ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्