दुई बस ठोक्किँदा २० जना घाइते

मुग्लिन–नारायणगढ सडक ।

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ भतेरीमा शनिबार बिहान दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियाका लागि छुटेको ना ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाडौँका लागि छुटेको ना ५ ख ३०९९ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

विज्ञापन

घाइतेमध्ये चारजनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्