महिलाको यौन इच्छा बढाउने भियाग्रा स्वीकृत

औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भियाग्रालाई स्वीकृत गरेको छ । भ्लेसी नामक भियाग्रा स्वीकृत भएको हो ।

यसको प्रयोगले यौन इच्छा कम भएका महिलामा यौन इच्छा वृद्धि हुनेछ । यसले यौन इच्छासँग जोडिएको मस्तिष्कसँग जोडिएको ‘पाथवे’ लाई सक्रिय बनाउँछ । यो भियाग्रा आउँदो सेप्टेम्बरदेखि औषधि पसलहरुमा उपलब्ध हुने जनाइएको छ ।

यसअघिको भियाग्रा एड्डयी प्रयोग गर्दा रक्सी खानु हुँदैनथ्यो । तर भ्लेसी प्रयोग गर्दा रक्सी खान बन्देज छैन । यौन सम्बन्ध कायम गर्नु भन्दा ४५ मिनेट एक डोज लिनु पर्ने बताइएको छ । यस्तै २४ घण्टा भित्र एक डोज भन्दा बढी र महिनामा ८ डोज भन्दा बढी लिन नहुने बताइएको छ ।

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्