नदी छेउमा पेस्तोल फालेर भारततर्फ कुलेलम

फाइल तस्बिर।

सिरहा – सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट शनिबार बिहान एक थान कटुवा पेस्तोल बरामद् गरेको छ ।

सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्तीमा खटिएको टोलीले चेक चाँचको क्रममा भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेर पुनः भारततर्फ नै भाग्ने क्रममा कमला नदी किनारमा पेस्तोल फालेर सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बरामद गरिएको पेस्तोल थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्