‘मेरो गाउँ मेरो ठाँउ’ भिडियो प्रतियोगितामा ४७ जना अन्तिम प्रतिष्पर्धी

काठमाडौँ– ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धाको नतिजा असार १६ गते सार्वजनिक हुँदैछ। शनिबार प्रतियोगिताको मनोनयनहरुको नाम सार्वजनिक गर्दै आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएका हुन्।

पुस १६ गते ‘हामी उठ्ने छौं ‘वि विल राइज फाउन्डेसन’ ले भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धा गर्ने घोषणा गरेको थियो। कार्यक्रम घोषणा भएपछि ३१ मे सम्ममा नेपालभरिबाट १ सय ३२ ओटा भिडियो प्रतिष्पर्धाका लागि आएका थिए। यसमध्ये ४७ ओटा भिडियोहरु विभिन्न विधामा मनोनयनमा परेका छन्।

आफ्नो ठाउँ चिनाउन आफै लागि परौँ भन्ने अभिप्राय जगाउनको लागि यो भिडियो प्रतियोगिता आयोजना गरिएको उनले आयोजकले जानकारी दिएका छन्। यो प्रतियोगितामा सहभागी हुनको आफ्नो क्षेत्रमा पर्यटकीय सम्भावना बोकेको संस्कृति, पर्यटकीय क्षेत्र तथा खानेकुराको भिडियो बढीमा ५ मिनेटको हुनुपर्ने थियो। यस्तै यो भिडियो ‘एच डी’ क्वालिटीमा हुनुपर्ने थियो। यो प्रतिस्पर्धाको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले बताए।

१३२ ओटा मध्ये ४७ ओटा भिडियोलाई विभिन्न ८ विधामा छुट्याइएको छ। भिडियो अभिनेत्री करिश्मा मानन्धर, सम्झना उप्रेती रौनियार, निर्मल शर्मा, प्रदिप उपाध्याय, जगदीश तिवारीको निर्णयक मण्डलले छानेको हो।

पिपुल्स च्वाइस अवार्डमा १२ जनाको नाम परेको छ। यो विधामा जित्नको लागि ‘वी विल राइज’ को अफिसियल फेसबुक र युट्युबमा गएर भिडियोलाई लाइक गर्नुपर्ने छ।

यस्तै बेस्ट स्क्रिप्ट राइटर, बेस्ट सिनेमेटोग्राफरमा, वोमन भिडियो मेकर अफ द एयर, बेस्ट भिडियोज अफ द एयर, अ फिउचर स्टार, मोस्ट पोटेन्नसियल डेस्टिनेशन, मोस्ट इनरजेटिक भिडियो मेकर विधामा ५–५ जना मनोनयनमा परेका छन्।

उत्कृष्ट भिडियोले एक लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार पाउने व्यवस्था छ। साथै पब्लिक च्वाइस अवार्डमा उत्कृष्ट हुने एक भिडियोले एक लाख पुरस्कार पाउनेछ। उत्कृष्ट सम्पादन र उत्कृष्ट लेखनले समेत २५–२५ हजार रुपैयाँ नगद पाउने फाउन्डेसनले जानकारी दिएको छ।

नोमिनेशनमा को को परे ?

असार ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्