मध्य रातमा हुँदैछ मेस्सी कप्तानी अर्जेन्टिनाको अन्तिम परीक्षा

कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार मध्य रातमा अर्जेन्टिनाले आमन्त्रित टिम कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा कोलम्बियासँग पराजित भएको र दोस्रो खेलमा पाराग्वेसँग १–१ बराबरीमा रोकिएको अर्जेन्टिनलाई अघिल्लो चरण पुग्ने सम्भावनाका लागि कतारसँगको खेल जित्नु पर्छ ।

यो खेलमा जितेमा र पाराग्वे कोलम्बियासँग पराजित भएमा अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने छ । यस्तै पाराग्वे पनि विजयी भएको अवस्थामा भने तेस्रो स्थानमा रहने टिम मध्येबाट अन्तिम ८ मा पुग्ने सम्भावना रहन्छ । तर त्यसका लागि अरु टिमको नतिजामा पनि भर पर्नु पर्ने हुन्छ ।

तीन समूहमा रहेका १२ टिम मध्ये हरेक समूहबाट शीर्ष दुईमा रहने तथा शीर्ष तीनमा परेका मध्ये उत्कृष्ट दुई टिम क्वाटरफाइनलमा पुग्ने व्यवस्था छ । लियोनल मेस्सी कप्तानीको अर्जेन्टिना कोपा अमेरिकामा खराब प्रदर्शनका कारण समस्यामा छ ।

असार ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्