साहिद कपूरकाे ‘कबिर सिंह’ले कमायाे दुई दिनमा ४२ करोड

एजेन्सी– शाहिद कपुर र कियारा आडवाणीको मुख्य अभिनय रहेका चलचित्र ‘कबिर सिंह’ले भारतीय बक्सअफिसमा दुई दिनमा ४२.९२ करोडको ब्यापार गरेकोछ।

फिल्म शुक्रबार देखि प्रदर्शनमा आएको थियो। पहिलो दिन शुक्रबार २०.२१ करोड कमाई गरेको फिल्मले दोस्रो दिन शनिबार २२.७१ करोडको ब्यापार गरेको बलिउड ब्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

१२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिटेटमा भारत र अफगानिस्तानको खेलका बाबजुद फिल्मले शनिबार पनि राम्रो कमाई गरेको हो।

‘कबिर सिंह’ सन् २०१७ मा प्रदर्शनमा आएको तेलगु फिल्म अर्जुन रेड्डीको रिमेक हो। फिल्मको निर्देशन सन्दीप भांगाले गरेका हुन्।

असार ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्