मिस नेवाः को ताज विराटनगरकी रस्मिता उदासलाई

मोरङ- विराटनगरमा सम्पन्न तेस्रो नोवेल मिस नेवाः को ताज विराटनगरकी रस्मिता उदासले जितेकी छन्।

सुनसरीबाट प्रतिस्पधमा सहभगिता जनाएका विभिन्‍न ११ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उदासले ताज चुमेकी हुन्।

प्रमुख निर्णायक गणेश बज्राचार्यले सोधेको ‘भाषा बाँचेमात्रै जाति बाँच्छ भन्ने प्रश्‍नलाई कसरी पुष्टि गर्नुहुन्छ?’ भनेर सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिंदै ताज जितेकी हुन्।

उपाधिसँगै उदासले एउटा स्कुटी, ज्योति लाइफ इन्शुरेन्स कम्पनीबाट ५ लाख रुपैयाँ बराबरको जीवन बिमा पनि प्राप्त गरेको आयोजक संस्था मञ्जिना मूभिज क्रियएस प्रा लि.ले जनाएको छ।

शनिबार राति सम्पन्न प्रतिस्पर्धामा फष्ट रनअप विराटनगरकी सुनेना श्रेष्ठ, सेकेण्ड रनअप धरानकी सुजाना तुलाधार र भ्युवर्स च्वाइसतर्फको उपाधि विनिता प्रधानले जितेकी थिइन्।

बज्राचार्यसहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ, मकालु टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत दिवस सुवेदी, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. सन्देशदास श्रेष्ठ र ड्रेस डिजाइनर शिल्पा निराला कार्कीको निर्णायक समितिले विजेताहरूको घोषणा गरेको थियो।

विराटनगरसहित धरान, इटहरी, दमकमा गरिएको छनौटबाट आएका १२ जना युवती अन्तिम प्रतिस्पर्धा गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक ताम्राकारले बताए । आउँदो वर्षदेखि नोवेल मिस नेवाःलाई प्रदेशस्तरीय बनाउने ताम्राकारले बताए।

कार्यक्रममा पत्रकार हरिहर नेपाल, अनिल श्रेष्ठ, साहित्यकार सरिता तुलाधर, झिः पुच विराटनगरका पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठ, स्वयमसेवी शिक्षक राजु क्षेत्री, मकालु टेलिभिजन र विएफएमलाई समेत सम्मान गरिएको थियो।

असार ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्