वीरगञ्‍ज मुख्य सडक २५ मिटर विस्तार हुने,अतिक्रमण हटाउन १५ दिने सूचना

वीरगञ्‍ज-लामो समयदेखि चर्चामा रहदै आएको बिरगञ्ज महानगरपालिकाको मुख्य सडक फराकिलो हुने भएको छ।

बिरगञ्जको मुख्य सडक फराकिलो पार्न सडक विभागले शनिबार सूचना जारी गरेको छ। विभागले सडक डिभिजन कार्यालय हेटौडामार्फत बिरगञ्जको मुख्य सडक २५÷२५ मिटर फराकिलो पार्न त्यहा बनाइएका घर टहराहरु हटाउन सुचना जारी गरेको हो।

बिरगञजको मुख्य सडक १५ मिटर कि २५ मिटर फराकिलो पार्ने बिषयमा चर्चा चल्दै आएकोमा शनिबार अन्तत सडक बिभागले २५ मिटर नै सडक बिस्तार गर्ने सुचना जारी गरेको हो ।खासगरि बिरगञ्जको मुख्य सडक फराकिलो नहुँदा यहाँको ट्राफिक व्यवस्था कमजोर हुनु,सडकमै सवारी साधनहरु पार्किङ हुनु,बढदै गएको सवारी साधनका कारण दिनदिनै जामको समस्याबाट बिरगञ्जबासी पिडित बन्दै आएका छन्।

उनीहरुले सडक फराकिलो नभएकै कारण बिरगञ्‍ज दिनप्रतिदिन कुरुप बन्दै गईरहेको पनि बताउछन्।बिभागले सुचनामार्फत सडकको दाँया बाया २५÷२५ मिटरमा बनाइएका सँरचनाहरु हटाउन १५ दिने सूचना जारी गरेको हो।

विभागले डिभिजन सडक कार्यालय हेटौडाको कार्यक्षेत्र अन्तर्गत बाराको धन्सार पुलदेखि लोथर मकवानपुर तथा त्रिभुवन राजपथको बिरगञ्ज भन्सार पर्सादेखि दामेचौर मकवानपुरसम्मको राजमार्गको दायाँ बाया अतिक्रमण गरिएका २५-२५ मिटर सडक सीमासम्मको अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको छ। यसअघि बिभिन्न मितिमा गरि ५ पटक सूचना जारी गरिसकिएको भए पनि अहिलेसम्म अतिक्रमण हटाउन सकिएको छैन।

यसअघि सडक विभागले राष्ट्रिय पत्रिकामार्फत २०६९ साल भाद्र १५ गते फागुन ११ र २९ गते,२०७१ साल फागुन २ गते र २०७३ साल पुष १८ गते सडक अतिक्रमण गरि बनाइएका संरचनाहरु हटाउन सूचना जारी गरेको थियो।

विभागले सडक बिभागको स्वीकृति प्राप्त नगरी सार्बजनिक सडकको सिमाभित्र आवागमनमा बाधा पुग्ने, घर टहरा बनाई सडक आबाद पार्ने,आईल्याण्ड,प्रतिक्षालय,देवालय मठ मन्दिर र्निाण गर्ने,पेट्रोल डिजेल तथा ग्याँस फिलिङ स्टेशन निर्माण गर्ने जस्ता कार्यहरु भएकोले पटक पटक गरी ५ पटक सडक बिभागले अतिक्रमण गरी बनाइएका सँरचना हटाउन भनेको थियो।विभागले शनिबार जारी गरेको सूचनामा १५ दिनभित्र अतिक्रमण नहटाए सार्बजनिक सडक ऐन अनुसार कारवाही हुने जानकारी समेत गराएको छ।

असार ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्