धार्मिक कार्यक्रमका लागि लगाइएको टेन्ट भत्कियो, १४ जनाको मृत्यु

भारतको राजस्थानमा तीव्र गतिको हावाहुरीका कारण कम्तिमा १४ जनाको ज्यान गएको छ । राजस्थानको बाडमेरमा भएको घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् ।

एक धार्मिका कार्यक्रमका लागि जम्मा भएका मानिसहरु रहेको स्थानको टेन्ट भत्किएको हो । हावाहुरीका कारण भत्किएको अस्थायी टेन्टमा च्यापिएर १४ जनाको ज्यान गएको हो । घाइते भएका मध्ये केही अवस्था गम्भीर छ ।

जसोल गाउँमा धार्मिक कार्यक्रमका लागि बनाइएको टेन्ट आइतबार दिउँसो तीव्र गतिमा आएको हावाहुरी र वर्षाका कारण भत्किएको हो । त्यसपछि भागदौड मच्चियो । घटना भएका बेला त्यहाँ एक सय भन्दा बढी मानिस रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृत्यु भएकाका परिवारका सदस्यालाई पाँच खाल भारु तथा घाइतेलाई दुई लाख भारु दिने भोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्