शिशुलाई सडकमा सुताएर ‘राक्षस’ ले उफ्रिएर नाघ्ने विचित्रको पर्व

स्पेनमा शताब्दियौँदेखि चलिआएको यस्तो परम्परा अहिले पनि कायम छ, जसमा असुर (राक्षस) को भेषमा रहेका व्यक्तिले सडकमा सुताइएका शिशुमाथिबाट उफ्रिएर जान्छन् ।

स्पेनिस भाषामा एल साल्तो डेल कोलाचो भनिने पर्वमा कोलाचो अर्थात असुरको भेषमा रहेका व्यक्तिले शिशुहरुलाई उफ्रिएर नाघ्ने गर्छन् । एल साल्तो डेल कोलाचो पर्व विशेषगरी स्पेनको कास्ट्रिलो डी मुर्थियामा भव्य रुपमा मनाउने गरिन्छ । यो वर्ष पनि स्थानीय बासिन्दाले एल साल्तो डेल कोलाचो पर्व मनाएका छन् ।

यो चाड क्याथोलिकहरुको कोर्पोस क्रिष्ती पर्व अन्तर्गत पर्छ । सन् १६२० देखि एल साल्तो डेल कोलाचो मनाईँदै आएको विश्वास गरिन्छ । यो वर्षमा शिशुहरुलाई खुला सडकमा बिस्तारा लगाएर सुताइन्छ । कोलाचो अर्थात असुरको भेषमा रहेका व्यक्ति सुताईएका शिशुहरुलाई उफ्रिएर नाघ्दै जान्छन् ।

यसो गर्नाले शिशुको सकारात्मक प्रभाव पर्ने र उनीहरुको भाग्य बलियो बन्ने विश्वास छ । यसलाई असुरमाथि ईश्वर (प्रभु) को जितको उत्सवका रुपमा पनि लिने गरिन्छ । हरेक वर्ष जुन ५ मा यो पर्व मनाइन्छ ।

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्