मेस्सीले पाए जन्मदिनको उपहारका रुपमा जित, अनि भने…

सुरुका दुई खेलको नतिजाले समर्थकलाई मात्रै होइन टिम भित्रै पनि निराशा फैलिएको थियो । तर ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार राति भएको समूह बी मा रहेको अर्जेन्टिनाले कतारलाई पराजित गरेर क्वाटरफाइनलमा स्थान बनायो ।

लियोनल मेस्सी कप्तानीको अर्जेन्टिनाले कतारमाथि २–० को जित निकालेर समूह उपविजेताका रुपमा अन्तिम ८ मा स्थान बनाएको हो । खेलपछि कप्तान मेस्सीले आफूहरुका लागि कोपा अमेरिका बल्ल सुरु भएको बताएका छन् ।

अर्जेन्टिनाको कोपा अमेरिका अभियानले बल्ल ‘गियर’ समातेको बताएका हुन् । मेस्सीले खेलपछि भनेका छन्, ‘हामीले राम्रो खेल्यौँ र जित्यौँ । यो जितले महत्व राखेको छ । हामीले अब पनि यस्तै खेल खेल्नु पर्छ । आत्मविश्वास र धैर्यता जरुरी छ ।’

जितले कोपा अमेरिकाको यात्रा कायम राखेको र यसले आफूहरुलाई थप सुधारिएको खेल प्रस्तुत गर्ने अवसर पनि दिएको मेस्सीले बताएका छन् ।

कतारसँगको खेलमा पाएको जितले आत्मबल पनि प्रदान गरेको उनले बताएका छन् । मेस्सीले जितसँगै आफ्नो जन्मदिन मनाउन पाएका छन् । मेस्सी सोमबार ३१ वर्ष पूरा गरेर ३२ मा लागेका छन् ।

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्