नासुले दुई करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुर भन्सार कार्यालयका तत्कालीन नायव सुब्बा रामप्रसाद भट्टराईले दुई करोड भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भट्टराईले पदमा रहँदा स्रोत नखुलेको दुई करोड आठ हजार पाँच सय चालीस रूपैयाँ भ्रष्टाचार गरी आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भट्टराईले सार्वजनिक सेवामा प्रवेश गरेदेखि पारिश्रमिक बचत, पुरस्कार, प्रोत्साहन भत्ता तथा कमिसन आय, कृषि आय, घर बहाल, जग्गा, शेयर बिक्री, भत्ता, कर्जाबाट एक करोड चौध लाख ९१ हजार एक सय आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

तर, उनको सम्पति तीन करोड चौध लाख ९९ हजार ६ सय पाइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्