१४औ महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्छ- गगन थापा र प्रदीप पौडेल

फाइल तस्बिर

काठमाडौं-नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४औ महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पाटी सभापतिको ध्यानाकर्षण गराएका छन्।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता थापाले विधानमा नभएको कुरा नियमले परिर्वतन गर्न नपाईने भन्दै महाधिवेशनबाट पार्टी नेतृत्व पछि हट्न नमिल्ने तर्क गरेका हुन। उनले महाधिवेशन नगरी फेरि पनि भागवण्डा गरेर अन्तरिम संगठन बनाउने काम भए पार्टीले सबैभन्दा ठूलो घाटा व्यहोर्नुपर्ने दाबी गरे।

उनले भने, ‘विधानमा यो गर्ने भनेर टुंगो लगाएको कुरालाई अहिले नियमले चेन्ज गर्न पाउदैनौ। म सुन्दैछु नियममा चेन्ज गर्ने कुरा हुदैछ। त्यो चेन्ज गर्ने भनेको अधिवेशन पनि नगर्ने।

अन्तरिम संगठन बनाउने तर कसरी बनाउने भने काठमाण्डौमा बसेर छान्‍ने । भागवण्डा गरेर बनाउने। यो भन्दा घाटा पार्टीको लागि अरु केही पनि हुदैन। यो पार्टीका निम्ति प्रत्युत्पादक छ। यो गर्न पाइदैन। यो गर्ने अधिकार पार्टी सभापतिलाई छैन । वरिष्ठ नेतालाई पनि छैन।’

नेता थापाले सम्पुर्ण कार्यकर्ताहरु महाधिवेशनमा जानुपर्नेमा भएपनि नेतृत्व नै महाधिवेशन नगराउने पक्षमा देखिएको दाबी गरे। उनले संघीय संरचना अनुसार पार्टीको तल्लो निकाय अहिलेसम्म गठन हुन नसक्नुले परिर्वतनलाई नेतृत्वले आत्मसाथ गर्न नसकेको स्पष्ट देखिएको टिप्पणी गरे।

उनले वर्तमान परिवेशमा शक्तिशाली कम्युनिष्ठ सरकारका गलत हरकतको प्रतिकार गर्नका लागि मजबुत, सुदृढ र जीवन्त कांग्रेसको आवश्यकता भएको र त्यो महाधिवेशबाट मात्रै संभव हुने तर्क गरे।

उनले सरकारका गलत कार्यविरुद्ध सडकको तागतलाई सदनसंग एकाकार गर्नका लागि बैचारिक दृष्टिले पनि कांग्रेस स्पष्ट हुनु आवश्यक रहेको बताए।

अर्का नेता प्रदीप पौडेलले कमिसनलाई बैधता दिने, वाईडवडी विमान प्रकरण, बालुवाटार जग्गा र टुँडिखेल लगायत विरुद्ध कांग्रेसले सदनमा सशक्त आवाज उठाउन नसकेको टिप्पणी गरे। जनताको प्रत्यक्ष सरोकार राख्ने विषयलाई सदनमा शसक्त ढंगले उठाउन सक्ने हो भने नेपाली जनताले सडकमै उठेर कांग्रेसलाई समर्थन गर्ने दाबी गरे।

नेता कृष्णप्रसाद सिटौला पक्षले सोमबार राजधानीमा समसामयिक राजनितिक परिस्थिति र नेपाली काग्रेसको भूमिका विषय अन्तरक्रिया गरेको हो।

असार ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्