अतिथिका रुपमा प्रमुखलाई नबोलाएपछि गाँउसभाका लागि जिल्ला समन्वय समितिले हल दिएन

हुम्ला, सिमकोट – एक हप्ता अगाडि सभा हल उपलब्ध गराई दिन सिमकोट गाउँपालिकाले परिपत्र गरे पनि अन्तिम समयमा आएर जिल्ला समन्वय समितिले हल उपलब्ध नगराउने जनाएपछि गाउँसभा होटेलमा संचालन हुने भएको छ ।

सभामा अतिथिका रुपमा समन्वय समितिका प्रमुखलाई गाउँपालिकाले नबोलाएको भन्दै समन्वय प्रमुखकै आदेशमा हल नदिइएको हो ।

एक हप्ता अगाडि हल उपलब्धताका लागि पत्र पठाएको र एक दिन अगाडि पनि समन्वय अधिकारीलाई फोन गरेको भएपनि मंगलबार बिहान सभाको तयारीका लागि समन्वय समितिमा जाने क्रममा हल उपलब्ध नहुने जवाफ समितिबाट पाए सिमकोट गाउँपालिकाले जनाएको छ ।

समन्वय समितिका रामप्रसाद अधिकारीले फोन अफ गरेका बसेका छन् भने ल्याण्डलाइन फोन बारम्बार गर्दा पनि उठेको छैन ।

असार १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्