एकिकृत ससम्पति कर र पटके शुल्क हटाइयो

वीरगञ्‍ज महानगरको बजेट ४ अर्ब ४८ करोड

वीरगञ्‍ज-वीरगञ्‍ज महानगरपालिकाले आगामी आर्थिक बर्ष देखि एकिकृत सम्पति कर हटाउने जनाएको छ।

महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि प्रस्तुत गरेको बजेटमा महानगरपालिकाले एकिकृत सम्पतिकर हटाई घर र घरले चर्चेको बढीमा दुईगुणा जग्गामा सम्पति कर र खाली जग्गामा भूमि कर (मालपोत) लगाउने जनाएको छ।

महानगरपालिकाले प्रस्तुत गरेको अगामी आर्थिक बर्षको बजेटमा हालसम्म १२ प्रतिशतले लाग्दै आएको घर बहाल कर आगामी आर्थिक बर्ष देखि १० प्रतिशत मात्र लिइने जनाएको छ।

अगामी आर्थिक बर्षको बजेट तथा निती कार्यक्रममा महानगरपालिकाले व्यवसाय करलाई समसामयिक र व्यवहारिक बनाई हालसम्म दर्ता नभएका तथा दर्ता भएका तर नवीकरण नभएका व्यवसायका लागि २०७६ असोज भित्र दर्ता हुन आउनेलाई विगत ३ वर्षको व्यवसाय कर मात्र लिइ जरिवानामा छुट गर्ने जनाएको छ।

निजी सवारी साधनमा पटके शुल्क हटाइयो

महानगरपालिकाले प्रस्तुत गरेकाके अअगामी आर्थिक बर्षको बजेटमा सवारी व्यवस्थापन शुल्क यथावत कायम गर्दै नीजि सवारी साधनमा पटके शुल्क हटाएको छ। गैर सरकारी संघ संस्थाहरुलाई लगाइदै आएको व्यवसाय कर ३ हजार खारेज गशिर सूचीकृत शुल्क मात्र लिइने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाद्वारा ४ अर्व ४८ करोडको बजेट प्रस्तुत

सोमबार देखि शुरु नगरसभा अधिवेशनमा नगर प्रमुख सरावगीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटका विषयमा अहिले बन्द सुत्र मार्फत छलफल भइरहेको छ।

पाचौ नगरसभामा महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आगामी आर्थिक बर्षका लागि ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ को बजेट प्रस्तुत गरेका थिए।

प्रस्तुत बजेटमा चालू तर्फ १ अर्ब ३८ करोड २४ लाख ३७ हजार, पुँजीगत तर्फ ३ अर्ब ३ करोड ८९ लाख ११ हजार, र वित्तीय व्यवस्था तर्फ ६ करोड रकम खर्च हुने अनुमान गरिएको छ।

बजेटका बिशेषताहरु


महानगरपालिकाले आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा ग्रामीण सहरी विकास परियोजना (च्ग्म्ए) तथा मझौला सहर एकीकृत सहरी वातवरणीय सुधार आयोजना (क्त्क्ष्ग्भ्क्ष्ए) का लागि २ अर्ब २८ करोड ४२ लाख २१ हजार ९ सय ९३, वडा स्तरीय योजनाका लागि १९ करोड ७० लाख, समपुरक कोषमा २३ करोड १२ लाख ८ हजार ८ सय ५६, लक्षित कार्यक्रमका लागि १ करोड ५० लाख, तराई मधेश समृद्धि कार्यक्रममा १ करोड ४० लाख, सडक बोर्ड कार्यक्रममा १ करोड ५० लाख, बहुक्षेत्रिय पोषण कार्यक्रममा २० लाख, सामाजिका सुरक्षा भत्तामा २० करोड, उज्यालो वीरगंज कार्यक्रमका लागि ३ करोड, शैक्षिक विकास तर्फ ५२ करोड ४१ लाख ६४ हजार र स्वास्थ्यतर्फ १० करोड ७५ लाख २७ हजार र जनसहभागितामा आधारित कार्यक्रम तर्फ ४ करोडको बजेट व्यवस्था मिलाइएको नगर प्रमुख सरावगीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

असार १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्