बारा पर्सामा ४१ डिग्री तापक्रम, दुई छात्रा बेहास, विद्यालयमा थप तीन दिन बिदा

४१ डिग्री तापक्रममा रिक्सा चलाउँदै बारा पर्साका मजदूर। गर्मीले यहाँको जनजीवन प्रभावित भएको छ भने विद्यालय बन्द गरिएको छ। तस्बिर-राम मण्डल /देश सञ्‍चार

पर्सा-पछिल्लो ३ हप्तादेखि बारा पर्सा लगायत तराईका जिल्लाहरुमा बढेको गर्मी अहिलेसम्म पनि घटेको छैन।बारा पर्सा लगायत तराईका जिल्लाहरुमा गर्मी नघटेपछि सर्ब साधारणहरु मर्कामा पर्दै आएका छन्।

बिहानैदेखि लाग्ने चर्को घामका कारण दैनिक ज्यालादारी गर्ने मजदुरदेखि सर्वसाधारणहरु पनि समस्या खेप्दै आइरहेको छन्।तीन दिनअघि बारा पर्सामा पानी परेपनि त्यसको भोलि पल्टदेखि बढेको गर्मी अहिलेसम्म पनि घटन सकेको छैन।

एक दिन पानी परेर शीतल भए पनि त्यसको भोलि पल्टदेखि फेरि चर्को घाम र लु का कारण सर्ब साधारणहरु पिडित बनेका छन्।अहिले फेरि एक÷दुई दिनदेखि बारा पर्सामा तापक्रम ४१ डिग्री भन्दा माथि पुगेको छ।

दुई जना विद्यार्थी कक्षाकोठामै बेहोस


बढदै गएको गर्मी नघटेपछि पर्सामा मंगलबार २ जना बिधार्थी कक्षाकोठामै बेहोस भएका छन्।गर्मीका कारण पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ मनिहर्वामा रहेको नेपाल राष्टिय आधारभूत विद्यालयमा मंगलबार बिहान एक बालक कक्षा कोठामै बेहोस भएका छन्।

विद्यालयको कक्षा १ मा अध्यनरत ७ बर्षिय बालककुन्दन पटेल बेहोस भएका हुन।बिहान ९ बजेतिर बालक पटेल अचानक बेहोस भएको विद्यालयका शिक्षक मोहन दासले जानकारी दिए।

कक्षाकोठामै बेहोस भएका बालक पटेलको स्थानीय स्वास्थय चौकीमा उपचार पछि घर फर्काइएको शिक्ष दासले बताए।यस्तै पर्साको निचुटामा पनि एक बिधार्थी अत्याधिक गर्मीका कारण बेहोस भएकी छिन्।

निचुटामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा बिला नेशा बेहोस भएकी हुन्।कक्षा ५ मा अध्यनरत छात्रा नेशा बिहान कक्षा कोठामै बेहोस भएकी थिइन्।बेहोस भएपछि विद्यार्थी नेशा निचुटा स्वास्थय चौकीमा उपचार पछि घर फर्काइएका स्थानीय प्रमोद यादवले जानकारी दिए।

विद्यालयमा थप तीन दिन बिदा


गर्मी नघटेपछि पर्सामा विद्यालयहरुमा मँगलबारदेखि थप ३ दिनको बिदा दिइएको छ।गर्मी नघटेपछि बिरगञ्ज महानगरपालिका र पर्साको ठोरी गाउपालिकाले मँगलबारदेखि थप ३ दिनको लागि विद्यालयहरुमा बिदा दिएको छ।

बिरगञ्ज महानगरपालिकाले मँगलबार एक सुचना जारी गरि वीरगञ्जमा सञ्चालित विद्यालयहरुका प्रधानाध्यापक र शिक्षक महासंघको सल्लाह अनुसार अत्याधिक गर्मीका कारण विद्यालय ५ दिनको लागि बन्द गरिएको जनाएको छ।

सूचना मार्फत महानगरले मंगलबार असार ११ गतेदेखि आउदो असार १३ गते ३ दिनसम्म बर्षे बिदाबाट कटा हुने गरी महानगरका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको महानगरका शैक्षिक शाखाका प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिए।

यसअघि पनि लगातार गर्मी बढदै गएपछि महानगरका विद्यालयहरु असार १ गते देखि ६ गतेसम्म बन्द गरिएको थियो। यसैगरी गर्मी नघटेपछि पर्साको ठोरी गाउपालिकाले पनि गाउपालिकाको सम्पूर्ण विद्यालयहरु आउदो ३ दिनको लागि बन्द गरेको छ।

गाउपालिकाले मँगलबार सूचना जारी गर्दै बढदै गएको गर्मीका कारण विद्यालयको पठनपाठनमा समस्या भईरहेको बताउदै बिधार्थी शिक्षक शिक्षिकाहरुको स्वास्थयलाई मध्यनजर गर्दै असार ११ गतेदेखि असार १३ गते सम्म ३ दिनको लागि गाउपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको गाउपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत धर्म राज थापाले जानकारी दिए।

असार १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू