ट्वीट टिप्पणी

परराष्ट्रमन्त्रीको अनुचित शैली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली।

काठमाडौँ – फर्गेट चाइना– इट इज अमेरिकाज ओन इकोनोमिक ‘सिस्टम ह्याज इज ब्रोकन’ शिर्षकको एउटा विचार छापियो बेलायतबाट प्रकाशित दैनिक पत्रिका ‘गार्डियन’ मा ।

त्यसका लेखक थिए ‘रबर्ट रिक’ जो अमेरिकाका पूर्व श्रम मन्त्री र युनिर्भसिटी अफ क्यालोफोनिया (वर्कली) मा ‘पब्लिक पोलिसी’ को प्राध्यापक पनि हुन् ।

विज्ञापन

अर्को साता सी जिङपिङले सम्भवत चीनको अमेरिकासँगको व्यापार असन्तुलनलाई कम गर्न केही कमद उठाउने छन् । जसले डोनाल्ड ट्रम्पलाई केही सम्मान जनक बाटो दिनेछ व्यापार युद्ध समाप्त गर्न । तर सी चीनको आर्थिक प्रणाली बदल्न तयार हुने छैनन् ।

लेखको सुरुमै लेखक भन्छन् । एउटा विज्ञको लेख त्यो पनि विश्वका पहिलो र दोस्रो अर्थतन्त्र भएका मुलुकबीचको व्यापार युद्धबारे पक्कै पनि अन्तराष्ट्रिय कूटनीति र व्यापारमा चाख राख्नेहरुका लागि रुचीको विषय हुन सक्छ ।

तर नेपालमा सामाजिक सञ्जालमार्फत नै भए पनि त्यसले ‘डिप्लोम्याटिक प्रोपाइटी’ को प्रश्न र सानो विवाद उठाएको छ । र विवादका केन्द्रमा छन्, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ।

गार्डियनको उक्त लेखलाई रिट्वीट गर्दै उनले भनेका छन् ‘यो लेख पढ्न लायक छ, यद्यपी हामीसँग फरक मान्यता हुन सक्छ ।’ एउटा अध्ययनशील पाठकको प्रतिक्रिया गम्भीर प्रकृतिका लेखमा अस्भाविक नहोला ।

तर एउटा मन्त्रीको सार्वजनिक टिप्पणीकै वान्छनीय होला यस्ता लेखबारे जसमा अमेरिकाको आर्थिक प्रणालीका कमजोर पक्ष र त्यसलाई समाल्न सक्ने राष्ट्रपति ट्रम्पको क्षमताबारे प्रश्न उठाइएको छ । घुमाउरो पाराले मन्त्रीको टिप्पणीको कुटनीतिक औचित्यमाथि नै प्रश्न ठडिएको छ ।

स्तम्भकार तथा वैदेशिक मामिलाका जानकार त्रैलोक्यराज अर्यालले ज्ञवालीलाई आफ्नो टिप्पणी फिर्ता लिन विनम्रतापूर्वक आग्रह गरेका छन् । हामी दुवै मुलुकसँग मित्रवत छौं र ती दुईबीचको कुनै पनि विवादमा हाम्रो कुनै सरोकार छैन ।

मलाई लाग्छ हाम्रो विदेश नीतिको अनुहार मानिने तपाईले यस्तो लेखसहित आफ्नो सुझाव राख्नु गैरकुटनीतिक हो ।

वैदेशिक मामिलामा कलम चलाउने अर्का पत्रकार शीवप्रसाद तिवारीले अर्यालको सुझावलाई अनुमोदन गरेका छन् । अरु टिप्पणीकर्ताको नाम असली छैनन् र भाषामा शिष्टता देखिँदैन । तर, ज्ञवालीलाई कसैले समर्थन जनाएको छैन ।

बरु आलोचना नै छन् त्यसमा नेसान्सको नामबाट आएको ट्वीटमा आफ्ना मालिकको आलोचना गर्नु पूर्व दुईपटक सोच्नुहोस् भनिएको छ । संभवतः इण्डोप्यासिफिक रणनीतिलगायत यता आएर ज्ञवालीले नेपाललाई अमेरिकी खेमामा लान खोजेको प्रसंगतिर लक्षित गर्दै या ट्वीटमार्फत लेखमा वर्णित अमेरिका (राष्ट्रपति)को आलोचना र ज्ञवालीको टिप्पणीलाई जोडिएको हुन सक्छ ।

‘फगी बटम’को नामबाट आएको ट्वीटमा भानिएको छ, ज्ञवालीजी यो तपाईका लागि धेरै कठिन विषय हो । ससाना स्वार्थ समक्ष आफ्नो नेतृत्वलाई कसरी झुक्न नदिने, त्यसमा केन्द्रित हुनुहोस् । उदाहरण एउटा व्यापारीको छोरी र अर्को अमेरिकाका संदिग्ध ग्रीनकार्डधारीलाई राजदूत बनाइएको छ । कस्तो निर्लज्जता?

असार १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्