विम्बल्डनको बरियतामा प्रणालीमा राफायल नाडालको चित्त बुझेन

विश्व नम्बर दुई टेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिसको बरियता क्रमप्रति असन्तुष्टि जताएका छन् । उनले विम्बल्डनमा आफू विश्व नम्बर तीन रोजर फेडेरर भन्दा पछिको बरियतामा रहनु उचित नदेखिएको बताएका हुन् ।

विम्बल्डनको बरियता क्रम अरु ग्राण्ड सलामको भन्दा भिन्न छ, यसको बरियता विश्व बरिता भन्दा फरक हुन पनि सक्छ । विम्बल्डनको बरियतामा ग्रास कोर्टमा खेलाडीको प्रदर्शनले प्रभाव पार्छ । यसको अर्थ फेडेरर नाडाल भन्दा बरियता अघि हुने छन् । फेडेरर र विश्व नम्बर एक नोभाक जोकोविचको अवस्था लगभग उस्तै छ ।

१२ पटकका फ्रेन्च ओपन विजेता नाडालले विम्बल्डनले मात्रै फरक व्यवहार अपनाउने गरेको बताएका छन् । स्पेनिस टेलिभिजनसँगको कुराकानीमा उनले सबै ग्राण्ड सलामले भिन्न भिन्न बरियता अपनाउने भएको भए विम्बल्डनको बरियतालाई सही मान्न सकिने उनले बताएका छन् ।

विम्बल्डनको बरियता बुधबार सार्वजनिक हुँदैछ । नाडालले तेस्रो बरियतामा भन्दा दोस्रोमा हुन राम्रो रहेको बताए पनि तेस्रोमा राखिए पनि आफूले स्वीकार गर्ने बताएका छन् । ३३ वर्षका नाडाल विम्बल्डनका साबिक विजेता जोकोविद र ८ पटकका विजेता फेडेरर भन्दा पछि रहने सम्भावना छ ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्