अस्ट्रेलियाको एक घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

अस्ट्रेलियामा एक घरमा आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएको छ । न्यु साउथ वेल्स राज्यमा घरमा आगलागी हुँदा त्यहाँ रहेका तीन बालबालिकाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान साढे तीन बजेतिर आगलागी भएको हो । ११ वर्षका बालक र पाँच वर्षका दुई बालिकाको ज्यान गएको हो ।

बालकको शव घर भित्र पाइएको र उनका दुई बिहिनीलाई बाहिर निकालिएले अस्पताल लगिएको थियो । तर उनीहरुको उपचारको क्रममा निधन भयो ।

आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।

छिमेकीले ८ वर्षकी बालिका र ३१ वर्षकी महिलालाई बाहिर सकुशल उद्धार गरे । महिलाको शरीरका विभिन्न अंक जलेका छन् । आगलागी भएको घरमा ६ जना बस्दै आएका थिए ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्