काठमाडौँ – कम पानी पिउने हुँदा पिसाब पोल्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। अझ यो समस्या जोडोमा भन्दा पनि गर्मीको समयमा धेरै देखा पर्ने गर्दछ। कम पानी पिए पनि लामो समयसम्म पिसाब रोक्नाले समेत पिसाब पाल्ने समस्या देखिने चिकित्सकहरुले बताउने गरेका छन्।

त्यसकारण चिकित्सकहरुले कारण जुनसुकै भएता पनि लामो समयसम्म पिसाब रोक्ने काम कहिल्यै पनि गर्न नहुने सल्लाह दिने गरेका छन्। पिसाब पोल्ने समस्या पुरुषहरुमा भन्दा पनि महिलाहरुमा धेरै देखिने गर्दछ। पिसाब पोल्नुका कारणहरु पानी नपिउनुका वा लोमो समयसम्म पिसाब रोक्नु मात्रै होइन, यस्तो हुनुमा अन्य धेरै कारणहरु पनि हुने गर्दछन्।

पिसाबमा आएको खराबीका कारण वा पिसाबमा बढी एसिड भएकाले समेत पिसाब पोल्ने समस्या देखिन सक्दछ। कहिले काहिँ मुत्र रोगले पनि पिसाब पोल्ने समस्या हुन सक्छ, जुन समस्या गर्भवतिहरुलाई बढी हुन्छ। कम पानी पिउनु, असुरक्षित यौन सम्पर्कपछि पनि पिसाब पोल्छ, पिसाब पोल्ने सँगसँगै काम ज्वरो आएको खण्डमा ‘युटिआई’ भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन्।

तर पुरुषहरुको हकमा भने पिसाब पोल्ने समस्या सँगसँगै मुत्रनलीमा पिप आयो भने यौन रोग भएको हुन सक्ने भएकाले तुुरुन्त जाँच गराउनु पर्ने चिकित्सकले सल्लाह दिएका छन्। पुरुषहरुमा पिप र पिसाब आउने ठाउँ एकै हुने हुँदा यसले नली सुक्दै जाने समस्या उत्पन्न हुन सक्दछ।

त्यसैगरी महिलाहरुमा पाठेघरमा असर गर्छ भने पुरुषमा अण्डकोष सुन्निने समस्या हुन्छ। बाँझोपनको खतरा गर्भ नरहने खतरा हुन्छ, यदी गर्भ रह्यो भने पनि तुहिने, छिटो वा समय नै नपुगी बच्चा जन्मिने जस्ता समस्या उत्पन्न हुन सक्दछन्।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्