गाउँपालिका झुकेपछि गाउँसभा समन्वय समितिकै हलमा

सिमकोट – आमन्त्रीत अतिथिलाई गाउँसभामा बोलाउने कुरामा सिमकोट गाउँपालिका सहमत भएपछि अन्तमा आएर गाँउसभा जिल्ला समन्वय समितिकै हलमा सञ्चालन भएको छ ।

यस अघि गाउँपालिकाले गाउँसभामा कुनै पनि अतिथिलाई नबोलाउने जनाएपछि जिल्ला समन्वय समितिले आफ्नो सभाहल नदिने भनेको थियो । त्यपछि एक होटलमा गाउँसभा सञ्चालन गर्ने तयारीमा पालिका पुगेको थियो ।

विज्ञापन

दुई पक्ष बिच सभामा आमन्त्रीत अतिथिका रुपमा बोलाउने सहमति भएपछि गाउँसभा समन्वय समितिको हलमा सञ्चालन भएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।

सभामा अतिथि बोलाउने प्राबधान नभएको कारण नबोलाएको भए पनि पछि सहमतिका आधारमा आमन्त्रीत तथा पर्यबेक्षकका रुपमा बोलाउने सहमति हुँदा गाउँसभा समन्वय समितिको हलमै सञ्चालन भएको उनले बताए ।

जिल्लाका सबै गाउँपालिकासँग समन्वय गर्नु पर्ने निकाय समन्वय समिति भएको कारण समन्वय प्रमुख लगायत सांसद, राजनीतिक दलहरु र पमुख जिल्ला अधिकारीलाई सभामा बोलाउँदा अन्यथा नहुने समन्वय समितिका प्रमुख दान बहादुर रावतले बताए ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू