विश्वकप क्रिकेटः पाकिस्तानलाई जित्नैपर्ने दबाब

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार न्युजिल्याण्ड र पाकिस्तानबीच हुने खेल पाकिस्तानका लागि निकै महत्वपूर्ण छ ।

किनभने यो खेल जित्न नसके पाकिस्तानको सेमिफाइनल यात्रामा बिराम लाग्ने सम्भावना छ ।

पाकिस्तानले सेमिफाइनलका लागि बाँकी खेल जित्नै पर्ने दबाब छ ।

नेपाली समय अनुसार दिउँसो सवा तीन बजे हुने खेलमा पाकिस्तानलाई पराजित गरेर न्युजिल्याण्ड दुई खेल अगावै सेमिफाईनल यात्रा तय गर्ने दाउमा छ ।

असार ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्